एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

युग संवाददाता     282 पटक पढिएको    

एएफसी च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

काठमाडौं /  एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन् ।

नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भारतीय क्लब गोकुल केरेलाबाट एएफसीमा आवद्ध भएकी हुन् । सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् ।

अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप अघि सावित्रा व्यावसायिक फुटबल खेल्ने भएकी हुन् । सावित्राको १६ गोलको सहयोगमा गोकुलमले महिला लिग आइडब्लू एफको उपाधि जितेको थियो । सावित्राले प्ले अफमा ३ गोल गरेकी थिइन् ।



शनिबार २१, साउन २०७९ ०१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.