काठमाडौं क्षेत्र नं. ९ बाट चुनाव लड्ने मधुको तयारी

युग संवाददाता     404 पटक पढिएको    

काठमाडौं क्षेत्र नं. ९ बाट चुनाव लड्ने मधुको तयारी

धनगढी / बिदेशमा रहेर स्वदेशका हरेक सामाजिक कार्यमा सक्रिय रहँदै आएकी मुध कार्कीले काठमाडौं क्षेत्र नं. ९ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छन् । हाल जर्मनीमा रहेकी कार्कीले अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा गरिसकेकी छन् ।

चुनावका लागि उनले सामाजिक सञ्जाललगायतबाट प्रचार प्रसारलाई तीब्रता पनि दिएकी छन् । स्थानीय चुनावदेखि स्वतन्त्र उम्मेदवारको लहर चलिरहेका बेला उनले पनि विदेशबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

चुनावको मिति तोकिएपछि नेपाल आएर औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी रहेको उनले बताइन् । मुलुकको बर्तमान अवस्थाका कारण आफूभित्र उब्जिएको राष्ट्रियताप्रतिको भावनाले उम्मेदवारी दिन बाध्य भएको उनको भनाई छ । ‘देशको पछिल्लो अवस्थाले देश उँधो गतितिर लागिरहेको छ,’ उनले भनिन्, ‘राष्ट्रलाई अब सम्बृद्धितर्फ लैजान केही गर्न सकिन्छ कि भनेर नै संघीय चुनाव लड्ने उम्मेदवारीमा छु । देशका लागि गर्नुपर्ने केही योजना पनि छन् ।’

आफूभित्रको राष्ट्रियताले जन्माएको उम्मेद्वारीले राष्ट्रलाई विकासको एक पाइलट प्रोजेक्ट तथा क्यान्डिडेटको रुपमा साबित गराउनेछ भन्नेमा निश्चिन्त रहेको उनको भनाइ छ । परम्परागत भाषणका चुनाबी शैली, जनतालाई भ्रममा पार्ने मिथ्याका चर्का आवाज तथा आश्वासनको आफू घोर बिरोधी रहेको भन्दै उनले आफ्नो चुनाबी शैली ‘प्य्राक्टिस   वरेन्टेड’ हुने बताइन् । 

उम्मेद्वारी  किन 

नेपालको पहिचान अनि समृद्धिको मुल आधार आध्यात्म मान्ने मधु मानव जीवनको पञ्च तत्वमा विश्वास रहेको बताएकी छन् । उनले विकासको एजेन्डा पनि पञ्च तत्वमा आधारित रहेर बनाएकी छन् । ती हुन् 
१. मिसन 
२. भिजन
३. सोर्स
४. गोल
५. इम्प्लीमेन्ट्
चुनावी अभियान शैली उनकै शब्दमा
जनाताको जीवनस्तर उकास्न मद्दत पुग्ने तथा हाल देशको फोहोर मैलालगायत यावत अस्तब्यस्ततालाई ब्यपस्थापनमा प्राथमिक सहयोग पुग्न सक्ने सम्भावनाका लागि ग्लोबल ढोकामा जनता र राष्ट्रका लागि म घर दैलो गर्न चाहन्छु ।

अभाव, ल्याक अफ अपसर अनि सामाजिक अस्तब्यस्ततामा छटपटाएका हातहरु मिलाउँदै मलाइ भोट देउ । जिताउ अनि म फलानो ढिस्कानो गर्छु  भन्ने ‘स्टार्टिजी’मा म राजनीति गर्दिन । मेरो अभिभावकले मलाइ ‘ट्रम एण्ड कन्डिसन’मा प्रेम गरेका थिएनन् । 

राष्ट्र तथा जनताप्रतिको प्रेम पारिवारिक भन्दा पनि सेन्सेटिभ अनि अत्यन्तै उत्कृष्ट जिम्मेवारी हुन्छ भन्ने कुरा मेरो देशको धर्म, संस्कार अनि विश्वका शक्तिशाली नेतृत्वहरुको ‘प्राक्टिस’बाट मैले स्पष्ट रुपमा बुझेकी छु ।  मधु कार्की युरोपमा रहेर सामाजिक अभियानमा सक्रिय महिला हुन् । युरोपमै व्यवसायमा संलग्न उनी सञ्चारकर्मी पनि हुन् ।

 



बुधबार १८, साउन २०७९ ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.