आज शनिवार, शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाईदर्शन गरौं २०७६ बैशाख १४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

Yugnepal     978 पटक पढिएको    

आज शनिवार, शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाईदर्शन गरौं २०७६ बैशाख १४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

आज शनिवार, शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाईदर्शन गरौं २०७६ बैशाख १४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

आजको राशिफल
वि।सं।२०७६ साल वैशाख १४ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि अष्टमी,३१ घडी ०० पला,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त नवमी । नक्षत्र श्रवण,५३ घडी ५१ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त धनिष्ठा । योग शुभ,५४ घडि ५६ पला,रातको ०३ बजेर २९ मिनेट उप्रान्त शुक्ल । करण कौलव,बेलुकी ०५ बजेर ५५ मिनेट उप्रान्त  तैतिल । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मकर । गोरखकाली पूजा। सर्वार्थसिद्धि योग रातको ०३ बजेर ०३ मिनेटसम्म। काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३९ पला ।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० भनेजस्तो जीवन व्यातित गर्न सकिनेछ । सत्रु परास्त हुँनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाईकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा दुई कदम अगाडि बडि अरुलाई किनारा लगाउँन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुँनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनिति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ ।


मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । प्रेम सम्बन्धमा थप सुमधुरता आउँने तथा साथिभाईहरुबिच मित्रताको बन्धन कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय दिएर चित्त बुझ्दो उलपब्धि हासिल गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ ।


सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुँनेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग  तथा समर्थन पाईने हँदा मन प्रसन्न हुँनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० पढाई लेखाई गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउँन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शिक्षा तथा अन्य व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।


तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।


बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ भने सत्रु परास्त हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुँनेछ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । अन्य काममा व्यास्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।


मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ ।



शनिबार १४, बैशाख २०७६ १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.