विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न सास्ती

युग संवाददाता     180 पटक पढिएको    

विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न सास्ती

धनगढी / कैलालीको कैलारी गाउँपालिका–४ मोहना नदी पारि रहेको मोहनपुर गाउँका विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या भएको छ ।

मोहना नदीमा बाढी आएपछि विद्यार्थीलाई समस्या भएको हो । वडा नम्बर ४ के गाउँस्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत सो गाउँका विद्यार्थी नदी किनारमै अलपत्र पर्ने गरेका छन् ।

ज्यान जोखिममा पारेर डुङ्गामार्फत मोहना नदी तरेर विद्यालयसम्म पुग्ने गरेका विद्यार्थी बाढी आउँदा भने नदी किनारमै अलपत्र पर्ने गरेको स्थानीय सैतुराम चौधरीले जानकारी दिए । विद्यालयबाट फर्किने क्रममा बाढी आएपछि बुधबार पनि विद्यार्थी मोहना र घुरहा नदीको दोभानमा रोकिएका थिए ।

नदीमा पुल नहुँदा वर्षौदेखि मोहनपुर गाउँवासीले मोहना नदीमा सास्ती खेप्दै आएका छन् । वर्षा यामभरि डुङ्गाको भरमा ओहोरदोहोर गर्ने उनीहरु हिउँदमा भने काठे पुलमार्फत नदी वारपार गर्दै आएका छन् । 



बिहिबार १२, साउन २०७९ ०८:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.