पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

युग संवाददाता     261 पटक पढिएको    

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

अछाम / अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको  तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर  पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला विष्ट रहेका छन् । यस्तै पहिरोमा परि नैना विष्ट  गम्भीर घाइते भएकी छन् ।  गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।

अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।



सोमबार ०९, साउन २०७९ ०९:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.