बर्सिए सलाह र माने, केताको १५ सेकेन्डमै गोल

खेलकुद

Yugnepal     1040 पटक पढिएको    

बर्सिए सलाह र माने, केताको १५ सेकेन्डमै गोल

बर्सिए सलाह र माने, केताको १५ सेकेन्डमै गोल

तस्वीर – एजेन्सी

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एक पटक आफूलाई अब्बल सावित गरेको छ । शुक्रबार राति घरेलु एन्फिल्ड मैदानमा खेलेको लिभरपुलले हडर्सफिल्डलाई ५–० गोलको अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ ।


खेलको १५ सेकेन्डमै लिभरपुलका नाबी केताले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यो गोल लिभरपुलको इतिहासमै सबैभन्दा छिटो भएको गोल हो । 


रेलिगेशनमा परेको हडर्सफिल्डमाथि आक्रमक देखिएको लिभरपुलका लागि सादियो माने र मोहम्मद सलाहले २–२ गोल गरे । 


सलाहले जारी सिजनमा २१ गोल गरिसकेका छन् । 


फराकिलो जितसहित लिभरपुलले म्यानचेष्टर सिटीमाथि दबाब बढाएको छ । शीर्ष स्थानको लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको सिटीको ८९ अंक छ ।


उपाधि समीकरण 
यसपटकको प्रिमियर लिग उपाधि लिभरपुल र म्यानचेष्टर सिटीमध्ये एक टिमले जित्नेछ । लिभरपुलले न्युक्यासल र उल्भरह्याम्पटन वान्डरर्ससंग खेल्न बाँकी छ । 


डिफेन्डिङ च्याम्पियन सिटीले बर्नली, लेस्टर सिटी र ब्राइटन एन्ड हभ आल्बियनसंग खेल्न बाँकी छ । 

गल्ती नगरे दुवै टिमले बाँकी सबै खेल जित्नेछन् । यो भयो भने सिटीले लगातार दोस्रो पटक उपाधि उचाल्नेछ 



शनिबार १४, बैशाख २०७६ १०:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.