“मनकामना माताले सबैको मनोकामना पुरा गरुन  २०७६ साल वैशाख १३ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ

Yugnepal     1006 पटक पढिएको    

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन  २०७६ साल वैशाख १३ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन  २०७६ साल वैशाख १३ गते शुक्रबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

वि.सं.२०७६ साल वैशाख १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ अप्रिल २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि सप्तमी,२६ घडी ४३ पला,बेलुकी ०४ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र उत्तरषाडा,४७ घडी ५३ पला,रातको १२ बजेर ४१ मिनेट उप्रान्त श्रवण । योग साध्य,५३ घडि ४९ पला,रातको ०३ बजेर ०३ मिनेट उप्रान्त शुभ । करण बव,बेलुकी ०४ बजेर १३ मिनेट उप्रान्त वालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि मकर । अष्टमी व्रत । प्रतिलिपि अधिकार दिवस ।काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ३६ पला ।


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ ।
</div>

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।


सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरि तथा राजनितिमा गरिने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउँन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरु एक अर्कालाई बिश्वास गरि अगाडि बढ्न सक्नेछन् ।


कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आत्मिय मित्र तथा साथिभाईहरुको गलत सल्लाह मान्दा फन्दामा पर्न सकिन्छ ध्यान दिनहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा सहकारि क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानि हुँनेछ । पढाई लेखाईमा मन नजाने हँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।


धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय दिदानि मनग्गे आम्दानि हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बिचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा कामहुँने हुँनाले सम्मान प्राप्त हुँनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ ।
तपाईको दिन शुभ रहोस्  ।



शुक्रबार १३, बैशाख २०७६ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.