कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु

युग संवाददाता     390 पटक पढिएको    

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु

कैलाली / कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–१ बस्ने २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी बेदप्रकाश जोशीका अनुसार शुक्रबार राति दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरिया लगिएको थियो । हेल्थ क्लिनिकमा पनि उपचार हुन नसकेपछि धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो । नवजीवनबाट पनि उपचार सम्भव हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा चौधरीको शनिबार बिहान मृत्यु भएको हो ।

त्यस्तै, मोटरसाइकल दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका–३ का ३१ वर्षीय जगदीश चौधरी को ठक्करबाट चार वर्षीय नितेश खाती घाइते भएका हुन् । यसैगरी, मोटरसाइकलको ठक्करबाट चार वर्षीय नितेश खाती घाइते भएका छन् ।

नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियामा सामान्य उपचार पछि धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको प्रवक्ता जोशीले जानकारी दिए ।



शनिबार ३२, असार २०७९ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.