कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

युग संवाददाता     383 पटक पढिएको    

कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

मसुरिया / कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा मंगलबार राती साढे नौ बजेतिर सु.प.प्र.०१-००९ प.७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा से.७ प.११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

सोहि मोटरसाइकलमा सवार कैलारी ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

दुर्घटनामा सु.प.प्र.०१-००९ प.७८९१ नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ ।



बुधबार २९, असार २०७९ ०८:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.