सशस्त्रद्वारा पिकअप गाडीसहित विभिन्न सामान बरामद

युग संवाददाता     267 पटक पढिएको    

सशस्त्रद्वारा पिकअप गाडीसहित विभिन्न सामान बरामद

धनगढी /  सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट भन्सार छलिको सामान बरामद गरेको छ । 
नौ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको लत्ताकपडा, कसमेटिक सामान, किरानाका सामान, चिनी र महेन्द्रा कम्पनीको म्याक्सीमा पिकअप भ्यान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले जानकारी दिएको छ । 
सो कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१३ राजपुर इलाकाबाट एक लाख ६ हजार ४४० रुपैयाँ बराबरको कस्मेटिक, किराना सामान, लत्तकपडा बरामद गरिएको छ । सो सामान अवैध रुपमा भारतबाट ल्याइएको थियो । यसैगरी, महेन्द्र नगरबाट धनगढीतर्फ आउँदै गरेको सुप्रप ०१–००१ च् २८०१ नम्बरको पिकअप भ्यानमा बिल नभएको ३० हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको छ । सशस्त्र प्रहरीले आठ लाख मूल्य पर्ने सो भ्यान र गाडीमा रहेका बैतडी दशरथ चन्द नगरपालिका–७ सुरकालका २१ वर्षीय चुडामनी शर्मालाई नियन्त्रणमा लिएको छ । बरामद सामानसहित गाडी र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।  



शुक्रबार २४, असार २०७९ ०५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.