शाही मृत्यु प्रकरण : आरोपीलाई नपक्रेको विरोधमा यातायात बन्द

युग संवाददाता     652 पटक पढिएको    

शाही मृत्यु प्रकरण : आरोपीलाई नपक्रेको विरोधमा यातायात बन्द

अछाम / अछाममा विभिन्न पाँच दलले सवारी साधन बन्द गराएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा पाँच दलले आज अछाममा सवारीसाधन बन्द गराएका हुन् ।

बिहान ७ बजेदेखि दुई दिनसम्मका लागि जिल्लामा यातायात सेवा बन्द गरिएको बताइएको छ।पञ्चदेवल विनायकको वडा नम्बर ४ का १५ वर्षीय किशोर विनोद शाहीको हत्याका आरोपी अझैँ पक्राउ नपरेका भन्दै पाँच दलले प्रेस विज्ञप्ति निकाल्दै बन्दको घोषणा गरेका हुन्।

घटनामा संलग्न व्यक्ति तथा हत्याका योजनाकार समेतका नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको महिनौँ दिन बितिसक्दा पनि उनीहरूलाई न्यायिक हिरासतमा नलिइएको भन्दै यातायात बन्दको घोषणा गरिएको विज्ञप्ति उल्लेख छ।



आइतबार १९, असार २०७९ ११:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal