प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ : प्रधानमन्त्री

युग संवाददाता     297 पटक पढिएको    

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो ।  प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारीमा सरकार रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।



बिहिबार १६, असार २०७९ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.