सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन

युग संवाददाता     245 पटक पढिएको    

धनगढी / सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ।

प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८९/८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो । 



बिहिबार १६, असार २०७९ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.