ज्यूँदालाई बेवास्ता सहिद र ईश्वरलाई बजेट

युग संवाददाता     327 पटक पढिएको    

धनगढी / सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको अछामको बयलपाटा अस्पतालको बजेट गत वर्ष ८ करोड रुपैयाँ थियो । प्रदेश सरकारले यो पटक चार करोड रुपैयाँ काट्यो ।

उता कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ विनियोजन ग¥यो । त्यो सहित प्रदेश सरकारले विभिन्न शीर्षकमा भम्केनी धामका लागि चार करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन गरेको छ । प्रदेश सरकारले भगवान् र ईश्वरका नाममा एक अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गर्दा स्वास्थ्य, शिक्षा र खेलकुदको बजेट भने भारी कटौती गरेको छ ।

सुदूरपश्चिमका अधिकांश पालिकामा सहिद गेट, सहिद स्मृति भवन, सहिद बाटिकाका नाममा करोडौँ रुपैयाँ विनियोजन गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मात्र मन्दिरमा ६ करोड रुपैयाँ भन्दा बढी विनियोजन गरिएको छ ।

नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी र उद्यमशीलताका लागि न्यून बजेट विनियोजन गरेको प्रदेश सरकारले मन्दिर, मठ, गुम्बा, चर्च, सहिद गेट, स्मृति भवन, शालिकका नाममा भने अथाह बजेट विनियोजन गरेको हो ।



बुधबार १५, असार २०७९ ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.