अस्थायी र करार कर्मचारीलाई काममा नआउन घोडाघोडी नगरपालिकाको आदेश

युग संवाददाता     325 पटक पढिएको    

अस्थायी र करार कर्मचारीलाई काममा नआउन घोडाघोडी नगरपालिकाको आदेश

धनगढी / कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो । 

‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न /नगराउन जानकारी गराइन्छ,’नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ । 



मङ्गलबार १४, असार २०७९ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.