धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा

युग संवाददाता     308 पटक पढिएको    

धनगढी /  धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका १ को नगरपालिका रोडमा करिब ४० लाखको लगानीमा सर्जिकल हाउस सञ्चालनमा आएको हो ।

यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने र सम्पुर्ण सर्जिकल तथा मेडिकलका सामाग्री सुपथ मूल्यमा सेवा दिनको लागि सर्जिकल हाउस सञ्चालनमा ल्याएको सञ्चालक विनय विष्टले बताए ।

‘यहाँका नागरिकलाई होलसेलकै रेटमा सर्जिकल सम्बन्धी सामानहरू उपलब्ध गराउनको लागि सर्जिकल हाउस सञ्चालनमा ल्याएको हुँ,’उनले भने, ‘व्यापार मात्रै नभएर यस क्षेत्रमा स्तरीय र गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने मेरो उद्देश्ये हो ।’ आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको उनले बताए ।   



मङ्गलबार १४, असार २०७९ ०९:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.