कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

युग संवाददाता     335 पटक पढिएको    

धनगढी / कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–८ मलभङ्गाका सात वर्षीया अश्रिया विष्ट र छ वर्षीया भावना कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 
प्रहरीका अनुसार हिजो बेलुका सात बजेतिर मालिका इँटाभट्टाको पछाडि खेलिरहेका दुवै बालिका नजिकै रहेको पोखरीमा खसेका थिए । पोखरीमा डुबिरहेका दुवै बालिकाको स्थानीयले उद्धार गरी उपचारका लागि बौनियास्थित खापर हेल्थ क्लिनिक पु¥याए पनि ज्यान जोगिएन । उपचारको क्रममा राति उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।   



मङ्गलबार १४, असार २०७९ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.