आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी भण्डारी हातखुट्टा बाधेको अवस्थामा फेला

युग संवाददाता     254 पटक पढिएको    

आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी भण्डारी हातखुट्टा बाधेको अवस्थामा फेला

धनगढी / आइतबार दिउँसो करिब १ बजेतिर कैलालीको गोदावरी नगरपालिका ४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा एक जना मानिस फेला परेका छन् । 

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारी राजमार्ग देखि करिब १०० मिटर तर भिरमा हातखुट्टा बाधेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ ९ २३ च ६०२१ नम्बरको जीपमा चढेको बताए । जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाँधेर भण्डारीलाई सडक देखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीले बताएको डिएसपी पाण्डेयले बताए । 

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग रहेको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेट लुटेर लगेको डिएसपी पाण्डेयले भण्डारीले जानकारी दिएको बताए । प्रहरीले घटनाबारे भण्डारीसँग बुझ्ने काम भइरहेको र गाडी सहित फरारको खोजी भइरहेको बताए ।



सोमबार १३, असार २०७९ ०३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.