धनगढी उपमहानगरपालिकाले पौने दुई अर्ब बढीको बजेट ल्याउँदै

युग संवाददाता     302 पटक पढिएको    

धनगढी उपमहानगरपालिकाले पौने दुई अर्ब बढीको बजेट ल्याउँदै

धनगढी / धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आज आठौँ नगर सभामा पेश हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/७० मा एक अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा प्रस्तुत हुने बताइएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्व ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । आज उपप्रमुख कन्दकला रानाले सभामा पेश गर्ने बजेट आकार एक अर्व ८२ करोडको हाराहारीमा ल्याउन लागेको जनाइएको छ ।

यसअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



शुक्रबार १०, असार २०७९ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.