बुढीगंगाका उम्मेदवारलाई भोट माग्न चटारो

युग संवाददाता     205 पटक पढिएको    

बुढीगंगाका उम्मेदवारलाई भोट माग्न चटारो

बाजुरा / किसानको धान रोप्ने बेलामा बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवारलाई भोट माग्ने चटारो परेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बाजुराको बुढीगङ्गा नगरपालिकामा धाँधली भएको भन्दै असार २३ गते पुनः निर्वाचन हुने भएपछि उम्मेदवारलाई चुनावी चटारो परेको हो ।
बुढीगङ्गा, नगरपालिकाका विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । यतिबेला नेपाली कांग्रेस, नेकपा (एमाले) पार्टीका उम्मेदवार जनताका घरदैलोमा पुगेर विभिन्न आश्वासन दिदैँ मतदातासँग मत माग्न व्यस्त भएका छन् । 
बुढीगङ्गा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा रङ्गबहादुर खाती उपप्रमुखमा रिता शाही, एमालेबाट प्रमुखमा रामबहादुर बाँनिया र उपप्रमुखमा माया कुँवर उम्मेदवार रहेका छन् । 
राजनीतिक दलहरुले पालिकाको समग्र विकासलाई पहिलो एजेण्डा बनाएर सोहीअनुसार घरदैलोमा पुगेर मतदातासँग मत मागि रहेका छन् । असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा बुढीगङ्गा नगरपालिमा १३ हजार ६५९ जना मतदाताले मतदान गर्नेछन् । 
बुढीगङ्गा नगरपालिमा हुने निर्वाचनका लागि १० वटा मतदान स्थल, १९ वटा उपमतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले कताए । 



बिहिबार ०९, असार २०७९ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.