कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ : ज्ञवाली

युग संवाददाता     270 पटक पढिएको    

कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद वार्तामार्फत टुंग्याउनुपर्छ : ज्ञवाली

काठमाडौँ / नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताएका हुन् ।

'भारत र चीनबीचको चिसिँदो सम्बन्ध र चीन र अमेरिकाबीचको व्यापार युद्धका बीचमा हामीले आफूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ,' ज्ञवालीले भने । पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताए । 

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।



मङ्गलबार ०७, असार २०७९ ०४:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.