ओमानमाथि नेपालको शानदार जीत

युग संवाददाता     351 पटक पढिएको    

ओमानमाथि नेपालको शानदार जीत

काठमाडौँ / आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।

अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो।ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालको जितमा आसिफ शेख ६२ र कुशल भुर्तेलले ५६ रनमा बनाउनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनुभयो। श्रृङ्खला अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार राति खेल्नेछ।



बुधबार ०१, असार २०७९ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.