विप्लव समूहकी महिला नेत्री रुपन्देहीबाट पक्राउ

राजनीति

युग संवाददाता     938 पटक पढिएको    

विप्लव समूहकी महिला नेत्री रुपन्देहीबाट पक्राउ

 


बुटवल विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् । सरकारद्वारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो । सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन् ।

छोरासहित सुवेदीलाई पक्राउ गरिएको दाबी स्थानीयले गरे पनि रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई मात्रै नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ । एसपी थापाले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।
अनलाईन खबरबाट साभार



बुधबार ११, बैशाख २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.