कैलाली उद्योग वाणिज्य संघको निर्वाचन मतदान जारी, ७५० मत खस्यो

युग संवाददाता     503 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन मतदान जारी, ७५० मत खस्यो

 

धनगढी जेठ  २८ कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतदान जारी छ । कैलाली उद्योग बाणिज्य संघको प्रांगणमा भैरहेको मतदान शनिबार बिहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन केही समय ढिलो गरी सुरु भएको थियो ।

निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार जम्मा १६१२ मतदाता रहेकोमा अहिले २ः४५ बजेसम्म ७५० जनाको मत खसेको जानकारी दिएका छन् । उनले भने बिहान ९ बजे देखी सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने र मतदान सम्पन्नपछि सबैको छलफल र सहमतीपछि मात्रै मतगणना हुने उनले जानकारी दिएका छन् ।

संघको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठी टिमसहित चुनावी मैदानमा हुन्। दुई समूह छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गर्दै चुनावी मैदानमा होमिएका हुन्। त्यस्तै, संघको उपाध्यक्ष ९वाणिज्य०मा केशवराज जोशी निर्विरोध भइसकेका छन्। सुरेन्द्र राठीको प्यानलबाट उम्मेदवारी दिएका जोशी निर्विरोध भएका हुन्। निर्वाचन संयोजक लोकबहादुर बिष्टका अनुसार उपाध्यक्ष ९वाणिज्य०मा उम्मेदवारी दिएका गगन केसीले उम्मेदवारी फिर्ता लिएसँगै जोशी निर्विरोध भएका हुन्। पुष्पराज कुँवरको प्यानलबाट उम्मेदवारी दिएका केसीले उम्मेदवारी फिर्ता लिएका थिए। सोही प्यानलबाट सदस्यका उम्मेदवार विवेक शर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।यी हुन् कैलाली उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल

पुष्पराज कुँवर प्यानलमा
अध्यक्ष – पुष्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष९ पुष्कर राज ओझा
एसोसिएट उपाध्यक्ष – मनोज अग्रवाल
उद्योग उपाध्यक्ष ९दिनेश लम्साल
बाणिज्य उपाध्यक्ष – गगनराज केसी
वस्तुगत उपाध्यक्ष – लक्ष्मण पन्त
महासचिव – ओम बिष्ट
कोषाध्यक्ष ९भिष्मराज ओझा ९अबु०
सचिवमा९ सुरेश पाण्डेय ९सुरेन्द्र०, यस्तै सदस्यहरुमा लोकराज भट्ट, प्रकाश कुमार चन्द, कविन्द्र पन्त,सुरेन्द्र कुमार बोहरा, तिलक बहादुर बोहरा, रवि कुँवर,राधिका चौधरी, कोपिला कुँवर, सुरेन्द्र बहादुर कडायत, मिलन कुँवर, तुलसीराम गौतम, रुपेश खड्का, बासुदेव भट्ट,श्यामराज जोशी , शम्भु लामिछाने,सन्तोष लामिछाने र रुपा कुमारी बिष्ट छन् ।
राठी प्यानलमा
अध्यक्ष – सुरेन्द्र राठी
वरिष्ठ उपाध्यक्ष ९हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्ष – प्रकाशचन्द्र भट्ट
उद्योग उपाध्यक्ष – घनश्याम चौधरी
बाणिज्य उपाध्यक्ष – केशव जोशी
वस्तुगत उपाध्यक्ष – केशव पाण्डेय
महासचिव९ सिद्धराज पनेरू
कोषाध्यक्ष – रंजन कुमार शर्मा
सचिव९महेन्द्रबहादुर सिंह, यस्तै सदस्यहरुमा अम्मर बहादुर चोखाल, अम्कीका भण्डारी,कमला ज्ञवाली,कृष्णराज पाण्डेय,जि एस इस्लाम, प्रदिव कुमार बैद्य, रिता जोशी अवस्थी,लोकेन्द्र सिँह भट्ट,शैलेश श्रेष्ठ,श्रीमन गौतम,सुरेश सापकोटा र हेमराज भट्ट रहेका छन् ।



शनिबार २८, जेठ २०७९ ०३:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.