कक्षा ११ को परीक्षा सम्पूर्ण तयारी पुरा

युग संवाददाता     645 पटक पढिएको    

कक्षा ११ को परीक्षा सम्पूर्ण तयारी पुरा

धनगढी  जेठ २८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ २९ गते देखि असार ६ गते सम्म सन्चालन गर्ने भएको छ । पारीक्षको सम्पूर्ण तयार पुरा भएको छ । २०७१ साल देखि २०७६ साल सम्मका कक्ष ११ मा उत्तीर्ण नगरेका विद्यार्थीहरुका लागी आशिंक र ग्रेड बृद्धिको परीक्षा जेठ २९ गते बाट सरु हुने रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख उत्तमदेव विष्टले जानकारी दिए । सुदूररपश्चिम भरी छात्र र छात्रा गरी करीब १७ सय विद्यार्थीहरुले परीक्ष दिदै छन् ।


जिल्ला गत परीक्षमा ९ वटा परीक्ष केन्द्रहरु तोकीएका रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख विष्टले जानकारी दिए । परीक्ष बिहान ८ बजेदेखि ११ बजे सम्म सन्चालहुुने परीक्षाका लागि परीक्षा बोर्डको कार्यालयले पनि आफ्नो तयारी पुरा भईसकेको गरीसकेको रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख विष्टले बताए । त्यसै गरी कक्ष ११ कै नियमीत विद्यार्थीहरुको परीक्षा जेठ तेस्रो साता देखी रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढी बाट रजिष्ट्रेन नम्बर र सिम्पल नम्बरहरु पठाएको र विद्यालयबाट सञ्चालन गर्ने अनुमती दिएको बताए । दोस्रो पटक विद्यालय बाट हुन लागेको कक्षा ११ को परीक्षा आशिंक र नियमित विद्यार्थीहरुका लागि छुट्टाछुट्टै सञ्चालन भएका छन् ।

‘परीक्षा विद्यालयले सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्ढ अपनाएर नै परीक्ष सन्चालन गरेको छौँ’, रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख उत्तमदेव विष्टले भने , कक्ष ११ मा विद्यार्थीहरु उत्तर्णी भएन भने कक्षा १२ मा पढ्न नपाईने उनले बताए । प्रदेश परीक्षा बोर्डको कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा यस बर्ष कक्षा ११ मा करीब ३८ हजार विद्यार्थीहरुको सहभागि हुने छन् । परीक्षा स्वयम विद्यालयलहरुले नै लग्ने प्रवाधान गरेको रााष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय धनगढीका प्रमुख विष्टले जानकारी दिए ।

यही जेठ १६ देखि २६ गतेसम्म सञ्चालन गरीएको कक्षा १२ को परीक्षा शान्तिपर्ण वाताबरणमा सम्मपन्न भएको राष्ट्रिय परीक्षा बोर्ड सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ ।



शनिबार २८, जेठ २०७९ ०३:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.