ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

युग संवाददाता     246 पटक पढिएको    

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महेन्द्रनगर / कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राजमार्गमा रोकिराखेको से२प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त–१ बाराकुण्डाका तेजसिंह धामीको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनापछि ट्रयाक्टर चालक बेदकोट नगरपालिका–१० का राकेश रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 



शनिबार २८, जेठ २०७९ १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.