अमेरिकी जनरलले भेटे प्रधानमन्त्री देउवालाई

युग संवाददाता     294 पटक पढिएको    

अमेरिकी जनरलले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं / नेपालको चार दिने भ्रमणमा आएका अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरद चाल्स ए फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री देउवालाई भेटे लगत्तै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका जनरलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवासमा पुगी भेट गरेका छन् ।



शुक्रबार २७, जेठ २०७९ ०४:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.