प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह

युग संवाददाता     238 पटक पढिएको    

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह

काठमाडौँ /  प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् ।

उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए । उनले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ ।



शुक्रबार २७, जेठ २०७९ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.