अछाममा ५ दिनअघि मृत भेटिएका शाहीको शव उठाइयो

युग संवाददाता     252 पटक पढिएको    

अछाममा ५ दिनअघि मृत भेटिएका शाहीको शव उठाइयो

अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ । मृतकका आफन्तजन र प्रहरी प्रशासनबिच सहमति भएपछि शव उठाइएको हो । घटनाका सन्दर्भका आफन्तहरूको किटानी जाहेरी दर्ता गर्ने , शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ ।

पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्ट बिच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए। सहमति भएसँगै किशोरको शव पोष्टमार्टमका लागी मंगलसैन ल्याइँदै छ ।

१७ जेठमा बेपत्ता भएका विनोदको शव २१ गते घर नजिकैको कुच्ची भिरको खोँचमा भेटिएको थियो । मृतकका परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी गर्न खोज्दा प्रहरीले दर्ता नगरको भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन् । नेकपा एमाले लगायतका दलले नेपाली काँग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर काँग्रेसले भने त्यसलाई खण्डन गरेको छ । प्रहरीले शाहीको हत्या अभियोगमा ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



बुधबार २५, जेठ २०७९ ०४:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.