१० लाख लगानीमा​​​​​​​ खेलमैदान बन्दै

युग संवाददाता     337 पटक पढिएको    

१० लाख लगानीमा​​​​​​​ खेलमैदान बन्दै

बैतडी / बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५० मिटर चौडाइको खेलमैदान निर्माण कार्य सुरु भएको हो ।
चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरेर खेल मैदान निर्माण कार्य सुरु भएको हो । बिग बी एन्ड कम्पनीले खेल मैदान निर्माणको जिम्मा पाएको हो । क्याम्पसको आफ्नै खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भएको थियो । खेल मैदान निर्माण कार्य सुरु भएपछि अब खेलकुदका गतिविधि अगाडि बढाउन सहज हुने क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।
खेल मैदान निर्माण कार्यको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शिलान्यास गरेको छ । सो निर्माण कार्यको शिलान्यास गर्दै दशरथचन्द नगरपालिका प्रमुख जोशीले खेल मैदानको थप स्तरोन्नतिका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।



बुधबार २५, जेठ २०७९ ०१:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.