१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

युग संवाददाता     467 पटक पढिएको    

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

काठमाण्डौ / आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ । मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ । नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्नेछ ।



शनिबार २१, जेठ २०७९ ०८:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.