पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

युग संवाददाता     296 पटक पढिएको    

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं / नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । काठमाडौं नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाइएको आयल निगमले जनाएको छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा कायम भएको निगमले जनाएको छ ।



बिहिबार १९, जेठ २०७९ ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.