गजेन्द्र शाहीको पहिलो निर्णय ः बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ सेवनमा रोक

युग संवाददाता     471 पटक पढिएको    

गजेन्द्र शाहीको पहिलो निर्णय ः बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ सेवनमा रोक


धनगढी,११जेठ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन निर्यण  गरेको छ ।

बुधबार वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी  आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको छ । ।  वडा अध्यक्ष शाहीले बालबालिकाहरूले धुम्रपान र मद्यपान विक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो वडा कार्यालयले चासो व्यक्त गरेको अध्यक्ष शाहीले बताए ।  

उनका अनुसार  लागुपदार्थ दुर्व्यसनी नियन्त्रणका लागी  आफु सदैव लागी पर्ने बताउदै कसैले नियम विपरित काम गरे  वडा कार्यालयले ऐन बमोजिम वडामा सो नियमलाई कडाईका साथ अघि बढाएको बताए । उनले यससँगै वडा कार्यालय क्षेत्रभित्र रहेका विद्यालय तथा सार्वजनिक कार्यालयको एक सय मिटरभित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा पनि रोक लगाइने बताए । 



बुधबार ११, जेठ २०७९ ०९:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.