काँग्रेस नेता रावतको वडामा काँग्रेस प्यानललाई तेब्बर मत

युग संवाददाता     760 पटक पढिएको    

काँग्रेस नेता रावतको वडामा काँग्रेस प्यानललाई तेब्बर मत

धनगढी  जेठ ५ कैलालीको गौरीगंगा नगरपालिका ६ मा नेपाली काँग्रेसका उम्मेदवार तेब्बर मतले विजयी भएका छन्। काँग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका सुरत रावत  डोटेली कान्छा को वडामा नेपाली काँग्रेसका टेकबहादुर कुँवर वडा अध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।


कुँवरले १२६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर शाहीले ४६६ मत प्राप्त मात्रै प्राप्त गरे। माओवादी केन्द्रका सन्तोष आउजीले ३६७ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका महेश जोशीले ६५ मत मात्रै पाए। स्वतन्त्रका उम्मेदवार पुरन सिंह कडायतले ५७ मत पाए। 


महिला सदस्यमा काँग्रेसकी गीता चौधरी ११३९ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी माया कठायतले ५६२, माओवादीकी प्रदेशनी चौधरीले ३३६ पाइन्। दलित महिला सदस्यमा काँग्रेस बाटुदेवी विक ११६१ मतले विजयी भइन्। एमालेकी बिन्द्रा सुनारले ४९५, माओवादी र समाजवादी गठबन्धनकी मन्सरा भुलले २१६ मतप्राप्त गरिन्।

खुल्ला सदस्यमा काँग्रेसका टेकबहादुर बोगटीले १०२० मत ल्याई गरी विजयी हुँदा एमालेका कृष्ण खडकाले ५६८, माओवादी र समाजवादीका भानबहादुर साउँदले २२२ मत प्राप्त गरे। सदस्यमै काँग्रेसका सियाराम चौधरीले ११३४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका तुलसीराम चौधरी ४३१ र नेकपा माओवादीका धर्मराज जोशीले १५८ मत प्राप्त गरे।



बिहिबार ०५, जेठ २०७९ १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.