एमालेलाई हराएर एकीकृत समाजवादीले खाता खोल्यो

युग संवाददाता     445 पटक पढिएको    

एमालेलाई हराएर एकीकृत समाजवादीले खाता खोल्यो

 


धनगढी  जेठ ५  सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले खाता खोलेको हो। 


गरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्। रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। २०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक पराजित भएका हुन्।


उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।



बिहिबार ०५, जेठ २०७९ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.