गठबन्धनबाट नै संविधान र लोकतन्त्रको रक्षा हुन्छ   ः देउवा

युग संवाददाता     590 पटक पढिएको    

गठबन्धनबाट नै संविधान र लोकतन्त्रको रक्षा हुन्छ   ः देउवा


सुनिल आउजी 
धनगढी बैशाख २६  । नेपाली काँग्रेसका सभापति तथा  प्रधानन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन संविधानको रक्षागर्न बनेको बताएका छन् ।। धनगढीमा आज (सोमबार) आयोजित पाँच दलिय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको हितका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासंग अपिल गरेका छन् । साथै प्रधानमन्त्री देउवाले गठबन्धनबाट नै संविधान र लोकतन्त्रको रक्षा हुने बताएका छन् ।
उनले एमाले अध्यक्ष केपी ओलीले दुई पटक संसद विघटन गरेर ठूलो गल्ती गरेको बताउँदै संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजिएकाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गरे । 
उनले एमाले अध्यक्ष ओलीको पार्टीलाई मत दिएर जितायो भने ओलीले संसद विघन गरिदिन्छन त्यस कारण गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउनुहोस् । संसद विघटन गरेका ओलीले संसद चल्न नदिएको उनले बताए ।
प्रधानमन्त्री देउवाले बागी उम्मेदवारका कारणले नेपाली काँग्रेस विगतमा हारेको बताउँदै उनले भने बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएन भने कारबाही हुन्छ । 
सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरे । ‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो, उनले भने, ‘भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ ।’ गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्व लागेको दाहालले बताए ।
‘अहिले पनि ती तत्वहरु कुनै न कुनै रुपमा लागेका छन्,’ उनले भने, ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउका लागि निकै ठूलो कसरत भइरहेको छ ।’ काँग्रेस सभापति देउवालाई दृढताका साथ गठबन्धनको पक्षमा लागेको भन्दै धन्यवाद दिए ।
उनले २०१७ साल दोहर्याउने प्रयास गरिएकाले प्रतिगामी तत्वलाई किनारा लगाएको बताए । उनले एमालेले गरेको संसद अवरोधका कारण महत्वपूर्ण विधेयकमाथि छलफल हुन नदिएको आरोप लगाए ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले एमाले अध्यक्ष केपी ओली प्रति लक्षित गर्दै ओली काल्पनिक विकासका सुत्रधार भएको टिप्पणी गरे । उनले एमाले सर्बसत्तावादी चिन्तनबाट ग्रसित भएकोले त्यसको विरुद्धमा पाँच दलिय गठबन्धन बनेको बताए । 
 



सोमबार २६, बैशाख २०७९ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.