सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीद्धारा सपथ ग्रहण

युग संवाददाता     450 पटक पढिएको    

सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीद्धारा सपथ ग्रहण

   
धनगढी चैत २५। सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको हो।

सुदूरपश्चिम सरकारमा नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका छन्।

आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल,एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरुले राजीनामा दिएपछि नयाँलाई नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजबादीकै कुलबीर चौधरी नियुक्त भएका छन्।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजबादीले फिर्ता बोलाएको छ।नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाइएको छ। तर स्थानीय चुनावमा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय निकायको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो।



शनिबार २६, चैत २०७८ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.