प्रहरीको छापाः  व्यवसायी सहित पाँच जना युवती पक्राउ

युग संवाददाता     490 पटक पढिएको    

प्रहरीको छापाः  व्यवसायी सहित पाँच जना युवती पक्राउ


धनगढी  । कैलालीको धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ गरेको कैलाली प्रहरीले फेरी २ होटल व्यवसायी सहित पाँच जना युवती पक्राउ गरेको छ।
बिहीबार धनगढीका बिभिन्न स्थानमा रहेका होटलहरुमा छापा मारेर ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ गरेको प्रहरीले आज 
 शनिवार धनगढी वडा नम्बर ७ मा छापा मारेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीले आज यौन धन्दा संचालन गराउने २ होटल व्यवसायी सहित उक्त कार्यमा संलग्न ५९पाँच० जना युवती पक्राउ गरेको जनाएको छ।
विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी वडा नम्बर ७ स्थित रहेको फुडल्याण्ड होटल र लक्ष्मी होटलमा छापा मार्दा यौन धन्दामा संलग्न ५९पाँच० जना युवती र उक्त धन्दा संचालन गराउने २ जना होटल व्यवसायीहरु समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



आइतबार ०६, चैत २०७८ ०३:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.