नवजीवन सहकारी संस्थाका नव निर्वाचित पदाधिकारीहरू गरे शपथ ग्रहण

युग संवाददाता     163 पटक पढिएको    

नवजीवन सहकारी संस्थाका नव निर्वाचित पदाधिकारीहरू गरे शपथ ग्रहण


धनगढी  चैत्र १  । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्  । मङ्गलवार एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएको हो ।

सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा विजयी भएका देव बहादुर बम,  उपाध्यक्ष चेतराज ओझा लगायतका संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा। लोक बहादुर विष्टले शपथ  खुवाएका हुन् । 

त्यस्तै, सदस्यहरू इन्दिरा जैसी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, डा। महेशराज विष्ट, घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए ।

सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी, सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त  विजयी छन् ।



मङ्गलबार ०१, चैत २०७८ ०६:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.