कांग्रेसको १ महिने घर–घर जाऔं कांग्रेस जिताऔं अभियान आजबाट शुरु

युग संवाददाता     405 पटक पढिएको    

कांग्रेसको १ महिने घर–घर जाऔं कांग्रेस जिताऔं अभियान आजबाट शुरु


काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरुआत गरेको छ।

आज आइतबार ७७ वटै जिल्लाबाट अभियानको शुरुआत गर्नेछन् । केन्द्रीय सदस्यहरु तोकिएको जिल्लामा पुगेर कार्यक्रमको थालनी गरिसकेका छन्। यसपालि केन्द्रीय सदस्यहरु कांग्रेसलाई हार्ने छुट नभएको भन्दै तीन वटै तहका निर्वाचनमा बहुमत ल्याउने गरी प्रचारप्रसारमा जुटेका छन्।

केन्द्रीय सदस्यहरुलाई एक महिनासम्म तोकिएको जिल्लामा रहेर प्रचारप्रसार गर्न निर्देशन दिइएको छ । त्यस्तै प्रदेश प्रतिनिधिहरुसमेत खटिएका छन् । त्यसको समन्वय स्थानीय नेताहरुले गर्नेछन्। अभियानअन्तर्गत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ


यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उनले बताए। कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।

प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मकरूपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने, कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसँग अझै सतर्कताका लागि अपिल गरिने प्रवक्ता डा महतले जानकारी दिए ।

राष्ट्रिय सहमति निर्माण गरी हालसम्मको सबैभन्दा ठूलो अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसद्बाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागतरूपमा चिर्दै वास्तविकरूपमा राख्ने अभियानको उद्देश्य छ ।

को कहाँ खटिएका छन् 
आफ्नो जिम्मेवारीमा रहेको जिल्लामा सबै केन्द्रीय सदस्यहरु यसअघि नै पुगेका छन् । प्रदेश १ अन्तर्गत ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजिब ढुङ्गाना, इलाममा सरिता प्रसाई, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा आङगेलु शेर्पा, धनकुटामा रामहरि खतिवडा, भोजपुरमा सुशीला शर्मा ढकाल, खोटाङमा कल्पना चौधरी, सोलुखुम्बुमा माया राई, ओखलढुङ्गामा सरस्वती बजिमय, उदयपुरमा प्रदीपकुमार सुनुवार, झापामा उमेशजङ्ग रायमाझी, मोरङमा केसवकुमार बुढाथोकी र सुनसरीमा अमृत अर्याल खटिएका छन् । त्यस्तै मधेस प्रदेश अन्तर्गत सप्तरीमा महेन्द्रकुमार राय, सिराहामा दिनेश यादव, धनुषामा मञ्जु खाँण, महोत्तरीमा रमेश लेखक, सर्लाहीमा नगीना यादव, रौतहटमा कल्याण गुरुङ, बारामा अजयकुमार चौरसिया र पर्सामा डा।चन्द्रमोहन यादव रहेका छन् ।

त्यस्तै बागमती प्रदेश अन्तर्गत दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, सिन्धुलीमा मुक्ताकुमारी यादव, काभ्रेपलाञ्चोकमा उर्मिला केसी, सिन्धुपाल्चोकमा गंगादेवी अवाल, रसुवामा रमा कोइराला पौडेल नुवाकोटमा मदनबहादुर अमात्य, धादिङमा डा। गोविन्दप्रसाद पोखरेल, चितवनमा उदय शम्शेर राणा, मकवानपुरमा श्यामकुमार घिमिरे, भक्तपुरमा जीतजङ्ग बस्नेत, ललितपुरमा अम्बिका बस्नेत र काठमाडौंमा मोहनबहादुर बस्नेत खटिएका छन्। गण्डकी प्रदेश अन्तर्गत गोरखामा नानु बास्तोला, लमजुङमा अञ्जली श्रेष्ठ, तनहुँमा मधु आचार्य, कास्कीमा ध्रुव वाग्ले, मनाङमा गणेश लामा, मुस्ताङमा अजयबाबु शिवाकोटी, पर्वतमा प्रतिमा गौतम, स्याङ्जामा ध्यानगोविन्द रञ्जित, म्याग्दीमा चम्पादेवी खड्का, बागलुङमा दिनमान पाख्रिन र नवलपुरमा टेकप्रसाद गुङङ्ग खटिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीमा मदनकृष्ण श्रेष्ठ, कपिलवस्तुमा गोविन्द भट्टराई, पाल्पामा सरस्वती अर्याल तिवारी, अर्घाखाँचीमा शान्ति परियार, गुल्मीमा दिनेश कोइराला, रुकुम पूर्वमा रुपा विक, रोल्पामा अब्दुल सत्तार, प्यूठानमा टेकबहादृुर गुरुङ्ग, दाङमा प्रदीप पौडेल, बाँकेमा दीपक गिरी र बर्दियामा गुरु बराल रहेका छन् । त्यस्तै कर्णाली प्रदेश अन्तर्गत रुकुम पश्चिममा सुशीला थिङ, सल्यानमा जीवन राना, डोल्पामा डा। गोपाल दहित, जुम्लामा कृष्णकिशोर घिमिरे, मुगुमा कर्णबहादुर बुढा, हुम्लामा योगेन्द्र चौधरी, कालिकोटमा चन्द्रबहादुर केसी, जाजरकोटमा अब्दुल रज्जाक, दैलेखमा जानकी सिंह र सुर्खेतमा मानबहादुर नेपाली खटिएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरामा अर्जुनबहादुर सिंह, बझाङमा मैकुलाल बाल्मिकी, डोटीमा रामजनम चौधरी, अछाममा सीताकुमारी राना, दार्चुलामा राजीवविक्रम शाह, बैतडीमा यज्ञराज जोशी, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा नैनसिंह महर र कैलालीमा गोविन्दबहादुर शाह खटिएका छन् । वैकल्पिकमा विद्यादेवी तिमल्सिना रहेकी छिन् । त्यस्तै अर्का वैकल्पिकमा जावेदा खातुन जागा रहेकी छिन् ।



सोमबार ३०, फागुन २०७८ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.