काग्रेंसलाई सरकारमा सहभागि गराउने छलफल भएको छ   अध्यक्ष  प्रचण्ड

युग संवाददाता     510 पटक पढिएको    

काग्रेंसलाई सरकारमा सहभागि गराउने छलफल भएको छ   अध्यक्ष  प्रचण्ड


धनगढी फागुन ३० सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले बताएका छन् । पार्टीको कार्यक्रमका लागी धनगढी पुगेका प्रचण्डले पत्रकारहरुसंग कुरा गर्दै केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए ।


सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनेको छ । सबैको प्रतिनिधित्व पनि छ । सुदूरपश्चिममा नेपाली काँग्रेसको प्रतिनिधित्व छैन,ुउनले भने,सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र नेपाली काँग्रेसलाई सहभागी गराउने कुरा उठेको छ । हामीले गम्भीर ढंगले छलफल गरौं ।

काँग्रेसलाई सरकारमा सहभागी गराउँदा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने विषयमा छलफल भएको प्रचण्डको भनाइ छ । माधव नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए ।



सोमबार ३०, फागुन २०७८ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.