सुरू भयो सुदूरपश्चिम खप्तड गोल्डकप

Yugnepal     532 पटक पढिएको    

सुरू भयो सुदूरपश्चिम खप्तड गोल्डकप

 

धनगढी फागुन १९ कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे। 

उद्धघाटन कार्यक्रममा आयोजकले मुख्यमन्त्री भट्टलाई २१ किलो, कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई ११र११ किलोको माला लगाएको छ। यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११र११ किलोको माला लगाइएको छ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन्। 



बिहिबार १९, फागुन २०७८ ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.