मेस्सीको बार्सिलोना उपाधि नजिक

खेलकुद

Yugnepal     768 पटक पढिएको    

मेस्सीको बार्सिलोना उपाधि नजिक

मेस्सीको बार्सिलोना उपाधि नजिक


काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीको बार्सिलोना उपाधि नजिक पुगेको छ । 


शनिबार रातिको खेलमा रियाल सोसिडाडमाथि घरेलु मैदान नोउ क्याम्पमा २–१ गोल अन्तरको जित निकालेसंगै बार्सिलोना उपाधि नजिक पुगको हो । 

क्लेमेन्ट लेंग्लेटले ४५ औं मिनेटमा गोल गरे । ६२ औं मिनेटमा हुँवामीले गोल गर्दै सोसिडाडलाई बराबरीमा ल्याए । 


योर्डी अल्बाले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए । 

३३ खेलबाट ७७ अंकको बार्सिलोना शीर्षमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ६८ अंक छ । 


यो आँकडाले एथलेटिकोले सबै खेल जिते पनि अब मात्र ६ अंक बटुले बार्सिलोनाले उपाधि पक्का गर्नेछ । 

तेस्रो स्थानको रियाल मड्रिड भने ६१ अंकसहित तेस्रो स्थानमा छ । 

शनिबार रातिको नतिजा
सेल्टाभिगो २–१ गिरोना
आइबर ०–१ एथलेटिको मड्रिड
रायो भालेकानो ०–० हुएस्का



आइतबार ०८, बैशाख २०७६ ०१:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.