अर्ध वार्षिक बजेट मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

युग संवाददाता     494 पटक पढिएको    

अर्ध वार्षिक बजेट मूल्याङ्कन प्रतिवेदन सार्वजनिक


धनगढी, ८ फागुन । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षमा ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले छ महिनामा १३.४२ प्रतिशत अर्थात चार अर्ब सात करोड २२ लाख ३३ हजार रुपैयाँ बजेट खर्च गरेको छ ।
चालुतर्फ दुई अर्ब ५० करोड एक लाख ६१ हजार (२०.१९ प्रतिशत) र पूँजीगततर्फ एक अर्ब ५७ करोड २० लाख ७२ हजार रुपैयाँ बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षमा मन्त्रालय तथा निकायको लागि विनियोजन गरिएको निकायगत बजेट र समीक्षा अवधिमा भएको खर्चको विवरण पसन सार्बजनिक गरेको छ । 
मन्त्रालयले अर्धबार्षिक अवधीमा प्रदेश व्यवस्थापिका, प्रदेश लोक सेवा आयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पुर्बाधार मन्त्रालय, सामाजिक मन्त्रालय प्रदेश नीति तथा योजना आयोग र स्थानीय तहलाई वितरण गरिएको खर्च विवरण समेत सार्बजनिक गरेको हो ।
    मन्त्रालयगत वितरण गरिएको बजेट खर्च अत्यन्तै न्यून प्रतिशतमा भएको तथ्यांकले देखाएको छ । विगत तीन आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महीनामा चालु र पुँजीगत खर्चको अनुपातमा खासै भिन्नता छैन् ।
    कर्मचारी अभाव, नियमित आयोजनाको अनुगमन नहुनु, बजेट कार्यन्वयन गर्न दिइएको मार्गदर्शनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्था थुप्रै कारणले चाहेजस्तो खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ । 
    यसैगरी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रदेशबाट स्थानीय तहमा समानीकरणतर्फ ४६.२०, समपुरक २३.८० र विशेष तर्फ २४.५० गरी प्रदेशका ८८ वटै स्थानीय तहमा ३३.३७ प्रतिशत बित्तीय हस्तान्रण गरिएको जनाइएको छ ।
    यसैगरी प्रदेश सरकारले पहिलो ६ महिनाको अवधीमा ६५.८३ प्रतिशत राजश्व असुली गरेको छ । राजश्व असुली सन्तोषजनक रहेको छ ।



सोमबार ०९, फागुन २०७८ ०४:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.