सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख  पुग्यो

युग संवाददाता     381 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख  पुग्यो

धनगढी माघ १३ । नेपालको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका जनसंख्या २७ लाख नाघेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो ।सुदूरपश्चिम प्रदेशभित्र पर्ने तराईका दुई जिल्लाहरू कैलाली र कञ्चनपुरको जनसंख्या बृद्धिदर भने पहाडी जिल्लाको तुलनामा उल्लेख्य बृद्धि भएको तथ्याङ्कले देखाउँछ । २०६८ को जनगणना अनुसार कैलालीको जनसंख्या सातलाख ७५ हजार ७०९ रहेकोमा हाल नौ लाख ११ हजार १५५ पुगेको छ । यो संख्यागत जनगणनाको भन्दा एक लाख ३५ हजार ४४६ ले बढी हो ।यस्तै गत जनगणना अनुसार कञ्चनुरको जनसंख्या चार लाख ५१ हजार २४८ रहेकोमा हाल पाँच लाख १७ हजार ६४५ पुगेको छ । १० वर्षमा यस जिल्लाको जनसंख्यामा ६६ हजार ३९७ ले बृद्धि भएको छ



बिहिबार १३, माघ २०७८ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.