काङ्ग्रेस नेता जोशीद्वारा अपांगहरुलाई न्यानो लुगा बितरण

युग संवाददाता     317 पटक पढिएको    

काङ्ग्रेस नेता जोशीद्वारा अपांगहरुलाई न्यानो लुगा बितरण


  धनगढी माघ ८   नेपाली कांग्रेस कैलालीका नेता नेपाली काङ्ग्रेस क्षेत्र न।४ का निबर्तमान सभापति युवा समाजसेवी दिनेशराज जोशीले आज शनिबार धनगढी उपमहानगरपालिका वडा न।१३ मा रहेको  नेपाल अपांग संघको कार्यालय  पुगेर त्यहाँ  बसोबास गर्ने अपांगहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ । 
          न्यानोपनका लागि न्यानो लुगा बितरण कार्यक्रम नाम दिएर सामाजिक सेवाका लागि आफू बसोबास गर्ने गौरीगंगा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी एवं न्यानो कपडाको पहुँच भन्दा टाढा रहेकाहरुलाई एलआरआई फाउन्डेसनको सहकार्यमा  न्यानो कपडा बितरण गरिरहनु भएका जोशीलाई  नेपाल अपांग संघका सदस्य डबल साउँदले अपांग संघको बारेमा जानकारी गराएपछि  अपांग संघकै कार्यालयमा पुगेर न्यानो कपडा बितरण गरेको बताउनु भयो ।   कपडा बितरण गर्दै समाजसेवी जोशीले अपांग संघलाई आफुले सक्दो खाद्यान्न लुगा कपडा सहयोग गर्ने प्रतिबद्धता पनि गर्नु भएको थियो ।
 सो बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं लोक गायक सुरत रावत डोटेली कान्छा , नेपाली काङ्ग्रेस कैलालीका नेता सुरत कार्की , नेपाली काङ्ग्रेस गौरीगंगाका नगर सचिव दिनेश कलेल, नेपाल अपांग संघका डबल साउँद, शिक्षक अर्जुन बडैला लगायतको सहभागीता रहेको थियो ।



शनिबार ०८, माघ २०७८ ०५:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.