खोटेना सामुदायिक वन नियम विपरीत वेचेको काठ वरामद

युग संवाददाता     367 पटक पढिएको    

खोटेना सामुदायिक वन नियम विपरीत वेचेको काठ वरामद

 धनगढी । कैलालीको टीकापुर–२ स्थित खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समितिले कानून विपरित काठ वेचेको पाइएको छ । उपभोक्त समितिले कानून विपरित १५ थान गोलिया ६५ क्यूफिटको काठ बचेको हो । वेचेको काठ ल्याइदै गर्दा प्रहरीले वरामद गरेपछि कानून विपरीत भएको पुष्टि भएको हो । घर लैजादै गर्दा इलाका प्रहरी कार्यालयले टीकापुर–१ व्यवसाय क्षेत्र नजिकबाट हिजो पुस ३० गते सो काठ वरामद गरेको हो । उपभोक्ता समितिले आफ्ना समिति सदस्य बाहेक अन्यलाई काठ बेच्न पाउँदैन । तर समितिको सदस्य बाहेकका वन समितिका अध्यक्ष श्याम खत्रीले विधान कार्ययोजना विपरीत नै समितिको सदस्य नै नभएका वीर मल्लालाई वेचेका हुन् । एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका खत्रीले विधान कार्ययोजना विपरित मल्लालाई सिसौको १५ थान गोलिया विक्री गरेका हुन् । खत्री २० वर्षदेखि सो सामुदायिक वनका अध्यक्ष रहेका छन् । सामुदायिक वनको विधान बमोजिम निम्न वर्गलाई प्रतिक्युफिट ४०० रुपियाँ, मध्यय वर्गलाई ५०० रुपियाँ र उच्च वर्गलाई ६०० रुपियाँ प्रतिक्युफिटका दरले काठ विक्री गर्ने उल्लेख गरिएको छ । तर मल्लाले सामुदायिक वनको सदस्यको हैसियतमा निम्न वर्ग भन्दै रु ४०० को विल काटी गोलिया खरिद गरेको देखिन्छ । ९हेर्नुहोस् विलमा० रेन्जर लालवहादुर विकले आफू विदामा बसेकोले गोलिया समातेको बारेमा आफूलाई थाहा नभएकोले कार्यालयका कर्मचारीसंग बुझ्ने बताए । इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले काठ समातिए भन्दै इलाका वन कार्यालयलाई बुझाउने बताए । एमालेको तर्फबाट टीकापुर नगर विकास समितिको प्रतिनिधि भएपछि अध्यक्ष खत्रीले आफ्नो सालो, श्रीमती, आफन्तका नाममा घडेरी लिएपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधिन रहेको छ । 



शनिबार ०१, माघ २०७८ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.