काङ्ग्रेस नेता जोशीद्धारा  न्यानो कपडा वितरण

युग संवाददाता     534 पटक पढिएको    

काङ्ग्रेस नेता जोशीद्धारा  न्यानो कपडा वितरण

    धनगढी पुस २३नेपाली काङ्ग्रेस कैलालीका नेता एवं नेपाली काङ्ग्रेसबाट गौरीगंगा नगरपालिका नगर प्रमुखका उम्मेदवार बन्नु भएका दिनेशराज जोशीले आज शुक्रबार गौरीगंगा नगर पालिकाको वडा न
११ मा अति बिपन्न, आदिवासी जनजाती, एकल महिलाका बालबालिका तथा टुहुरा बालबालिकालाई न्यानो लुगा बितरण गर्नु भएको छ । हरेक सामाजिक कार्यमा तल्लीन रहने जोशीले शुक्रबार  एल आर आई एजुकेशन फाउन्डेसन काठमाण्डौको सहकार्यमा बिद्यार्थीहरुको न्यानोपनका लागी न्यानो लुगा बितरण गर्नु भएको हो ।  गौरीगंगा नगरपालिकाको वडा न। ११ मा रहेको कालिका आधारभूत विद्यालयमा करिब ९१००० एक सय  जना बालबालिकालाई  हस्तान्तरण गर्नु भएको हो । 
    कैलालीमा जाडो बढे संगै आफ्नो निर्वाचन क्षेत्रमा रहेका अत्यन्तै गरिब , आदिबासी जनजाति , एकल महिलाका बालबालिका एवं अपाङ्ग बालबालिकालाई  न्यानो लुगा बितरण  गरेको नेपाली काङ्ग्रेसका नेता जोशीले बताउनु भयो १ 
गौरीगंगा नगरपालिकाको वडा न।११ बाट सुरु गरेको यो अभियान नगर भरिका सबै वडा र सके सम्म कैलाली निर्वाचन क्षेत्र ४ भरीका बालबालिकालाई न्यानो कपडा बितरण गर्ने बताउनु भयो । जोशी नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ का निबर्तमान क्षेत्रीय सभापति हुनुहुन्छ ।  जोशी संगै न्यानो कपडा बितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता समाजसेवी रोजबहादुर सिंह, युवा नेता राजेन्द्र जोशी , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सचिव हेमन्त जोशी , नेपाल ट्रेड युनियन काङ्ग्रेस गौरीगंगाका अध्यक्ष हर्कदेव जोशी , नेपाल शिक्षक संघ गौरीगंगा नगर अध्यक्ष प्रेम चन्द बोहरा समेत सहभागी हुनुहुन्थ्यो ।
    सो विद्यालय अभिभावक संघका अध्यक्ष हिक्मत बहादुर बोगटीको सभापतित्व सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी समाजसेवी नेपाली काङ्ग्रेस कैलालीका नेता दिनेशराज जोशी रहनु भएको  न्यानो कपडा बितरण कार्यक्रम  हाम्रो विद्यालयमा न्यानो पहुँच भन्दा बहिर रहेका विद्यार्थीलाई न्यानो कपडा प्राप्त गरेकाले  अत्यन्तै खुसी लागेको विद्यालयका प्रधानाध्यापक प्रेमचन्द्र बोहराले बताउनु भयो  । हरेक सामाजिक कार्यमा क्रियाशिल नेपाली काङ्ग्रेसका नेता दिनेशराज जोशीले आज देखि सुरु गर्नु भएको यो कार्यले वहाँ र वहाँको ब्यक्तित्व अझ उचाईमा पुर्‍याउने छ ।



शुक्रबार २३, पुष २०७८ ०७:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.