सुदूरपश्चिम राष्ट्रियसभा निर्वाचन  गठबन्धनका उम्मेदवारले मनोनयन  दर्ता गरे

युग संवाददाता     514 पटक पढिएको    

सुदूरपश्चिम राष्ट्रियसभा निर्वाचन  गठबन्धनका उम्मेदवारले मनोनयन  दर्ता गरे

धनगढी,२० पुस
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सुदूरपश्चिममा उम्मेद्वारी दर्ता गराएका छन् ।
 गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक÷एक जनाले उम्मेदवार दर्ता गराएका हुन् ।
मंगलबार सुदुरपश्चिम प्रदेशको राजधानी रहेकने धनगढी स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्  । 
प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायणदत्त मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा कैलालाकी गरिमा शाहले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
गठबन्दन उम्मेद्वार नारा जुलुस सहित निर्वाचन कार्यालय पुगेका थिए ।



मङ्गलबार २०, पुष २०७८ ०५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.