बाजुरेली सेवा समाजले भुवा पर्व मनाउने

युग संवाददाता     453 पटक पढिएको    

बाजुरेली सेवा समाजले भुवा पर्व मनाउने

धनगढी पुस १६ बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा भुवा पर्व मनाउने भएको छ। समाजले  पुस १८ गतेदेखि १९ गतेसम्म भुवा पर्व मनाउन लागेको आज धनगढीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। 
आईतबार दिउँसो ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त कार्यक्रमको उद्घाटन गर्ने बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिए।  धनगढीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित भुवा  मनाइने समाजका अध्यक्ष थापाले बताए। आईतबार र सोमबार गरी दुई दिन खुल्लामञ्चमा भुवा नाँच खेलाईने छ।

असत्यमाथि सत्यको जित अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको बताइन्छ। यता, प्रदेश सरकारले भुवा पर्वको अवसरमा सुदूरपश्चिमका तीन जिल्लामा सार्वजनिक विदा समेत दिएको छ। सरकारले बाजुरा, अछाम र बझाङमा सार्वजनिक विदा दिएको हो।



शुक्रबार १६, पुष २०७८ ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.